प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत

लोकपथ
301
Shares

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ । भैरहवाको सिद्धार्थ रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा लुम्बनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो ।

लुम्बिनीको भने यो पहिलो हार हो । यसअघि लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । सोमबार लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।सुदूरपश्चिमको जितमा शेर मल्लले नटआउट ४२ रनको पारि खेदा खडक बोहराले २१ रनको योगदान गरे ।

यसैगरी नारायण जोशीले नटआउट २२ रन बनाउँदा टेक रावतले १८ तथा किरण ढगुन्नाले १६ रन बनाए । नरेभ भाटको ब्याटबाट १२ रन बनेको थियो । लुम्बिनीका अभिषेक गौतमले ३ विकेट लिँदा कृष्ण कार्की र अजय चाहानले एक एक विकेट लिए ।पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८.४ ओभरमा सवै विकेट गुमाएर १५८ रन बनाएको थियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाउँदा मोहमद हुसेनले २६ रन बनाए । यसैगरी मृनल गुरुङले १४ तथा कृष्ण कार्कीले १२ रनको नटआउट पारि खेले । दिल्सद अलील १० रनमा रनआउट भएका थिए । सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट लिँदा भोजराज भाट र नरेन साउदले दुई दुई विकेट लिए । यसैगरी मिलन बोहराले एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?