काठमाडौं । शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुवातसँगै आफ्नो गति समातेको बजारमा आज ‘आइतवार’ करीब ३२ अङ्कको सुधार देखिएको छ ।
कारोवार मापक नेप्से परिसूचक ३१ दशमलब ८९ विन्दुले बढेर एक हजार २६४ दशमलब २० विन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७ दशमलब ८४ विन्दुले बढेर २७३ दशमलब ४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज ‘आइतवार’ अर्बमाथि पुगेको छ ।
स्टकका अनुसार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७ सय ३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई १५ खर्बमाथि पुगेको छ । कारोवार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७ दशमलब २२ र उत्पादन ११ दशमलब ९२ विन्दुले घटेका छन् ।
बैंकिङ ४५ दशमलब ९४, होटल ३४ दशमलब ८, विकास बैंक १६ दशमलब ९७, जलविद्युत् ८ दशमलब ८७, वित्त २ दशमलब १३, अन्य ९ दशमलब ७, लघुवित्त २६ दशमलब ९१ र जीवन बीमा २२ दशमलब २५ विन्दुले बढेका छन् ।
स्टकका अनुसार कारोवारका आधारमा आइतवार वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् ।
नेपाल बैंक लिमिटेडको १४ करोड ९४ लाख ५१ हजार ६ सय ५४, एनआइसी एशिया बैंक चार करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक चार करोड ३१ लाख ३६ हजार ६ सय ६३, नेपाल इन्भेस्टमेन्ट बैंक चार करोड दुई लाख १२ हजार ८ सय ६१, सिभिल बैंक रु तीन करोड ९४ लाख ६२ हजार १२ बराबरको कारोवार भई शीर्षस्थानमा रहेका छन् ।
स्टकका अनुसार आज ‘आइतवार’ स्ट्याण्र्डड चार्टड बैंकका शेयरधनीले ९ दशमलब ९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९ दशमलब ८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९ दशमलब ८६ हिमालयन बैंक ९ दशमलब ०२, अरुण काबेली पावरका शेयरधनीले ८ दशमलब ५९ प्रतिशतले कमाए ।
त्यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४ दशमलब१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४ दशमलब ०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलब ३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३ दशमलब ११ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया