मौसम पूर्वानुमान : यस्तो छ वर्षा र हिमपातको सम्भावना

लोकपथ
350
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

जसका कारण मंगलबार विहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली हुनेछ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?