बाँके । जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत नेपाल पुलिस क्लब र गण्डकी प्रदेश सेमिफाइनल प्रबेश गरेका छन् ।
नेपाल आर्मी क्लब भने एक दिन अघि नै सेमिफाइनल प्रबेश गरेको हो । आइतवार भएको खेलमा पुलिसले प्रदेश १ लाई २५–१३, २५–२०, १७–२५ र २७–२५ ले हराउँदै समुह विजेता बनेको हो । समुह ‘क’को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउँदै चार खेलबाट ९ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो ।
तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावै सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो आज ‘सोमवार’ लाग्ने छ । आइतवार नै भएको पुरुषतर्फको खेलमा प्रदेश ३ ले प्रदेश २ लाई २५–१७, २५–२१, २५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
यता महिलातर्फ भने एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन् ।
सेमिफाइनल प्रबेश गर्ने क्रममा एपीएफले सुदुर पश्चिम प्रदेशलाई २५–८,२५–१३,२५–१० को सोझो सेटमा हराउँदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।
प्रदेश ३ ले पनि कर्णाली प्रदेशलाई २५–४, २५–१२, २५–१८ को सोझो सेटमा हराउँदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो । त्यस्तै गरी, समुह ‘बी’मा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।
सोझो सेटमा हराउँदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया