एजेन्सी । लिभरपुल जारी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतवार राति भएको खेलमा लिरपुलले कार्डिफ सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै पुनः लिगको शीर्ष स्थानमा उक्लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ५८ औँ मिनेटमा जर्जिनियो विज्नाल्डमले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ८१ औँ मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गरे । निर्धारित समयसम्म कार्डिफले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहो-र्यो ।
जितपछि लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । त्यस्तै लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भिलरपुल भन्दा २ अंकले पछि छ । म्यान्चेस्टर सिटीको ८६ अंक छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड इभर्टनसँग ४-० गोलले तथा आर्सनल क्रिस्टल प्यालेससँग ३-२ गोल अन्तरले पराजित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया