दाङ । जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याराथनको पुरुषमा आर्मी क्लबका कृष्ण बस्नेत र महिलामा नेपाल पुलिसकी राजपुरा पटाईले स्वर्ण पदक जितेका छन् ।
दाङको बेलझुन्डीमा सोमवार भएको दौडमा कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
त्यस्तै कर्णालीका दुर्गा बहादुर बुढाले रजत पदक जिते । उनले निर्धारित दौड २ घण्टा १८ मिनेट ३९ सेकेण्डमा पुरा गरे । २ घण्टा २२ मिनेट १० सेकेण्डको दौड पुरा गरेका एपीएफका किरण सिंह बोगटीले कास्य पदक जिते ।
यता सोमवार नै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबकी राजपुरा पछाईले निर्धारित दौड २ घण्टा ५९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।
३ घण्टा ५९ सेकेण्डका पुरा गरेकी एपीएफकी पुस्पा भण्डारीले रनज तथा आर्मीका सरिता थेबेले कास्य पदक हात पारिन् । थबेले निर्धारित दौड३ घण्टा ८ मिनेट ३ सेकेण्डमा पुरा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया