कर निर्धारणमा चित्त नबुझेपछि एनसेल दियो सर्वोच्च अदालतमा निवेदन

काठमाडौं । सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल सर्वोच्च अदालतमा निवेदन लिएर पुगेको छ । 

ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको हो । एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठ सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले आजै रिट दर्ता हुने बताए । 

गत साता ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको थियो । एक हप्ता भित्र सो कर बुझाउँन एनसेललाई पत्राचार गरिएको थियो । हालसम्म एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ७१ रुपैयाँ कर बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?