आज सिभिल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सिभिल बैंकको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज ‘सोमवार’ अन्तिम दिन रहेको छ । 

बैंकले बैशाख २७ गते आह्वान गरेको सातौँ र आठौँ साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को लाभांश पारित गर्ने कार्यक्रम रहेको छ । 

बैंकले भोली ‘मंगलवार’ साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । जस अनुसार बैंकको साधारणसभामा भाग लिन र लाभांश पाउन बैशाख ९ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० दशमलब २५ प्रतिशत बोनस शेयर तथा ० दशमलब ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ४ दशमलब ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

बैंकले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्बसाधारणका तर्फबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रहेको छ ।  बैंकको प्रस्तावित लाभांश वितरणपछि चुक्ता पूँजी ८ अर्ब नाघ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?