एजेन्सी । श्रीलंकाली सरकारलेफेसबुक, इस्टाग्राम लगायतको सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।
सरकारले विस्फोट सम्बन्धि झुटा खबरहरूमाथि रोक लगाउनका लागि सामाजिक सञ्जालमा रोक लगाएको बताइएको छ । आइतवार भएको श्रृंखलाबद्ध बम विस्फोटपछि सामाजिक सञ्जालमा झुटा खबरहरु फैलिएको भन्दै प्रतिबन्ध लगाएको श्रीलंकाका राष्ट्रपति सचिवालयले जनाएको छ ।
सचिवालयको अनुसार सुरक्षाबलले उक्त विस्फोटको गहन अध्ययन भइरहेको बताइएको छ । साथै अध्ययनको जाँच पूरा नहुन्जेलसम्मका लागि सामाजिक सञ्चालमाथिको प्रतिबन्ध कायम रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया