काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारसम्बन्धी निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ ।
निलम्बित न्यायाधीश गिरीविरुद्ध उनकी श्रीमती आरती गिरीले दायर गरेको रिट निवेदनको पेशी न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा तोकिएको थियो ।
उनकी पत्नीले न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेकी थिइन् । दुवै अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेकोमा उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उनले न्यायाधीश गिरीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहित रिट दायर गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया