पूर्ण हड्ताल गर्ने तयारीमा इङ्लिस नेशनल ओपेराका गायक र संगीतकारको समुह

लोकपथ
56
Shares

काठमाडौं । इङ्लिस नेशनल ओपेरा(इनो)का संगीतकार तथा गायकले जागिर कटौती गर्ने योजनाको विरोधमा पूर्ण हड्तालमा जाने पक्षमा मतदान गरेका छन् ।

कम्पनीको, अर्केष्ट्रा,कोरस र संगीतका स्टाफका सदस्यहरु आगामी फेबु्रअरी १ मा हुने ‘द हेण्डमेड्स टेल’को उद्घाटनका दिन बाहिरिनेछन् ।
इनोको कर्मचारी कटौती गर्ने योजना प्रस्तावमा अर्केष्ट्राका केही संगीतकारका लागि र अन्यलाई तदर्थ फ्रिलान्स काम मात्र प्रस्ताव गरी तिनीहरुसँगको सम्झौतालाई घटाउने भनिएको छ ।

संगीतकार युनियन र इक्विटीले १९ वटा अर्केष्ट्रा पोस्ट हटाउने र अन्य सदस्यहरुलाई ‘पार्ट टाइम’ कामदार बनाउने योजनाले संगीतकारहरुको जीविका खतरामा पर्ने भन्दै त्यसको विरोधमा गायक र संगीतकारले पूर्ण हड्ताल गर्ने पक्षमा मतदान गरेका हुन् ।

तर, इनोले यो विवादलाई वार्ताको माध्यमबाट राम्रोसँग समाधान गर्न सकिने भनेको छ । ४४ वर्षपछि संगीतकार युनियनका सदस्यहरुले पहिलोपटक पूर्ण हड्ताल गर्न लागेका हुन् । युनियनका महासचिव नाओमी पोलले यो मतदान अर्केष्ट्रा क्षेत्र र विशेष गरी ओपेरा तथा ब्यालेटका लागि अत्यन्तै कठिन समयको संकेत भएको बताएकी छन् ।

आर्टस् युनियन इक्विटीका महासचिव पल फ्लेमिङले भने, ‘यस विवादको केन्द्रविन्दु यो देशमा ओपेरा कसका लागि ? त्यहाँ स्थिर, हरेक पृष्ठभूमिका मानिसका लागि पहुँचयोग्य जागिरहरु वा केही सीमित कामहरु सीमितका लागि हुनुपर्दछ भन्ने हो।’
इनोले सन् २०२३ जुलाईमा आर्टस् काउन्सिल इंग्ल्याण्डसँगको कोष सम्झौताको स्मरण गर्दै आफूहरु दिगो भविष्यका लागि काम गर्दा राम्रो विश्वासका साथ युनियनहरुसँग कुराकानी जारी राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

कोरस, अर्केष्ट्रा र संगीतका कर्मचारीहरुलाई अनावश्यक बनाउने र उनीहरुलाई वर्षको ६ महिना मात्र रोजगारी दिने योजना सार्वजनिक भएपछि इनोले मतदानको निर्णय गरेको थियो । इनोमा रहेका संगीत युनियनका सदस्यमध्ये ९३ प्रतिशतले पूर्ण हड्तालको पक्षमा मतदान गरेका छन् ।

गत वर्ष इनोका म्यूजिक निर्देशक मार्टिन ब्राबिन्सले कर्मचारी कटौनी हुने भएपछि राजीनामा दिएका थिए । इनोलाई आर्ट काउन्सिल लण्डनको वार्षिक कोर्ष पोर्टफोलियोबाट हटाइएपछि त्यहाँबाट पाइरहेको १२ दशमलब ८ मिलियन अनुदान गुमाएपछि कर्मचारी कटौतीको प्रस्ताव गरको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?