काठमाडौं । सुर्खेतमा आफ्नै छोरीमाथि बलात्कार आरोप लागेका र छोराको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी–६ निवासी राम बुढा रहेका छन् ।
पक्राउ परेका उनीमाथि गत कार्तिकमा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोप रहेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बहिनीमाथि बलात्कार भएको भन्दै उनकै १८ वर्षीय छोरा भरत बुढाले बुबाविरुद्ध उजुरी दर्ता गरेका थिए । फरार रहेका बुुढालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णबहादुर खड्काले लोकपथलाई जानकारी दिए ।
आफूविरुद्ध प्रहरीमा उजुरी दिएको भन्दै उनले आफ्नै १८ वर्षीय छोरा भरत बुढामाथि मंगलबार बिहान बन्चरो प्रहार गरी हत्या गरेका थिए । उनकै परिवारले घटनाबारे प्रहरीलाई खबर गरेको थियो । तत्पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मृतकको शव पोस्टमार्टम गरिएको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
‘घटनाका बारेमा उहाँकै पारिवारिक स्रोतबाट जानकारी आएपछि हामी घटनास्थल पुगेका थियौँ । शवको पोस्टमार्टम गरिएको छ ।’ खड्काले भने ।
खड्काका अनुसार आज उनलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया