काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आफूसँग भएको जग्गाजमिन, सवारी, तथा सेयरहरु सबै आफ्नो श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको विवरण सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशसभा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको विवरण अनुसार मोरङका विभिन्न स्थानमा जग्गा लिएको विवरण सार्वजनिक गरेका छन् । सब सम्पत्ती श्रीमतीको नाममा रहेको विवरण बुझाएका छन् । साथै सम्पत्तीको स्रोतमा जागिर बोनस कर्जा र सापटी देखाइएको छ । उनकी श्रीमती कृषी विकास बैंकमा कार्यरत रहेकी छिन् ।
त्यस्तै विभिन्न समयमा खरिद गरिएको २५ तोला सुन र ८० तोला चाँदी रहेको विवरण सार्वजनिक गरिएको छ । जसको स्रोत विवाह, उपहार र खरिद देखाइएको छ ।
कृषी विकास बैंक र एभरेष्ट बैंकमा गरि पारिवारिक सदस्यको खातामा रहेको रकम उल्ल्ेख गरिएको छ ।
त्यस्तै छोराहरु र श्रीमतीको नाममा रहेको विभिन्न कम्पनीका शेयरहरु देखाइएको छ ।
त्यसैगरी कृषी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट ऋण देखाइएको छ । त्यस्तै आफूसँग रहेको प्रदेश ०१०२०४१ प ६६१४ नम्बरको सवारी २०७७ सालमा खरिद गरेको देखाइएको छ । जसको स्रोत पुरानो बिक्री र जागिरलाई देखाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया