भैरहवा । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलको स्पाईरिंगतर्फ बिभिन्न ६ तौलसमुहका सेमिफाईनल सम्मका खेलहरु सम्पन्न भएका छन् ।
जस अनुसार पुरुष ८७ केजि माथिको तौल समुहमा नेपाली सेनाका राम हरी महत र नेपाल पुलिस क्लबका अनुज पुजारी फाईनलमा प्रबेश गरेका छन । त्यस्तै गरी महिला ७३ केजि माथिको तौल समुहमा सुष्मा गुरुङ एपिएफ क्लब र नेपाल पुलिस क्लबकी मनिता शाही फाईनल प्रबेश गरेका छन् ।
सेमिमा पराजित गण्डकीकी मिरा गुरुंग र प्रदेश १ की पजु राईले कास्य पदक जितेका छन् ।
त्यसै गरी पुरुषहरुको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५ का गोबिन्द बहादुर आले र एपिएफका चन्द्र राना मगर फाईनलमा पुगेका छन भने सेमिफाईनलमा पराजित नेपाली सेनाका सागर गुरुङ र सुदुर पश्चिम प्रदेशका रन्जीत साउदले कास्य पदकमै चित्त बुझाएका छन् ।
त्यस्तै महिलाहरुको ४९ केजि मुनि तौल समुहमा एपिएफ क्लबका अस्मिता खडका र नेपाली सेनाकी युनिसा राई फाईनल प्रबेश गरेका छन भने सोहि समुहको सेमिफाईनलमा पराजित प्रदेश१की रक्षा धिमाल र गण्डकी प्रदेशकी राखी शर्माले काश्य पदक प्राप्त गरेका छन् ।
उता पुरुषहरुको ५४ केजि तौल समुह मुनि एपिएफका गणेश चौधरी र नेपाल पुलिसका मनोज मल्ल फाईनलमा प्रबेश गरेका छन भने सोहि समुहमा सेमिफाईनलमा पराजित प्रदेश ५ का नवराज बस्नेत र प्रदेश ३का शैलेश गिरीले कास्य पदक जितेका छन् ।
त्यसै गरी महिला ४६ केजि मुनि तौल समुहमा सुदुर पश्चिमकी गिता कठेत र नेपाल पुलिसकी रेजिना कार्कि फाईनलमा प्रबेश गरेका छन् । सेमिफाईनलमा पराजित एपिएफकी संगिता श्रेष्ठ र प्रदेश १ की सुष्मिता राईले कास्य पदक जितेका छन् ।
तेक्वान्दोको फाईनल खेल तथा समापन मंगलबार बिहान भैरहवा ब्याडमिन्टन कभर्डहलमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया