काठमाडौं । कुनै किसिमको शारीरिक अक्षमता तपाईंलाई अगाडि बढ्नको लागि रोक्न सक्दैन ।
स्पेनकी नर्वनिर्वाचित सांसद मार गाल्सेरनले यो साबित गरेर देखाएकी छिन् । मार डाउन सिन्ड्रोमबाट पीडित रहेकी छिन् । उनी आफू जस्तै रोगबाट पीडित मानिसहरुको लागि वर्षौदेखि काम गर्दै आइरहेकी थिइन् । उनी आफूलाई आफ्नो योग्यताका आधारमा मानिसहरुले चिनोस् भन्ने चाहान्छिन्, उनको अक्षमताको कारणले भने होइन ।
डाउन सिन्ड्रोम एक किसिमको विकार हो जसले मानिसको शारीरिक र मानसिक विकासमा प्रभाव पार्दछ । यहि डाउन सिन्ड्रोमबाट पीडित महिला स्पेनको सांसद बनेर राजनीति क्षेत्रमा आफ्नो नाम दर्ता गराएकी छिन् । ४५ वर्षीया मार गाल्सेरन आफ्नो रोगसँगै सांसद सम्म पुगेकी हुन् । उनी डाउन सिन्ड्रोमबाट पीडित भएर पनि संसाद बनेकी स्पेनको पहिलो सांसद हुन् ।
को हुन् मार गाल्सेरन ?
मार गाल्सेरनले राजनीतिक क्षेत्रको यात्रा १३ वर्षको उमेर देखि नै सुरु गरेकी थिइन् । जब उनले जेनेरलिटट भ्यालेन्सियानाका राष्ट्रपतिसँग अन्तर्वार्ता गरेकी थिइन् । पछि उनले वकालतमा चासो देखाउँदै भ्यालेन्सियाको डाउन सिन्ड्रोम एसोसिएसन असुनसियनमा ४ वर्ष काम गरिन् ।
तीन दशक भन्दा धेरै राजनीतिक क्षेत्रको अनुभव बटुलेकी उनले १८ वर्षको उमेरमा पिपुल्स पार्टीको सदस्यताबाट राजनीतिक क्षेत्रमा आफ्नो पाइला अगाडि बढाएकी थिइन् । २०२३ को भ्यालेन्सियन क्षेत्रीय चुनावको लागि उनी पार्टीको २० औँ सूचीमा परेकी थिइन् ।
त्यसबेला देखि नै यस पार्टीको विचारसँग प्रभावित भएर आफूलाई निजामति सेवामा समर्पित गरेकी थिइन् । उनले द गार्डियनसँगको अन्तरर्वार्तामा भनेकि थिइन्, ‘म चाहान्छु कि मानिसहरुले मलाई मेरो बिरामीको कारणले मात्र नहेरे र मानिसको रुपमा पनि हेरुन् ।’ यति धेरै उपलब्धि हासिल गरे पनि उनी चुनौतिहरुलाई स्वीकार गर्छिन् । उनी आफ्नो यो सफलतालाई समाजले डाउन सिन्ट्रोम भएका व्यक्तिहरुलाई दिएको मान्यता र योगदानको रुपमा हेर्ने गरेको बताउँदै आएकी छिन् । तर उनी अझै लामो यात्रा गर्नुपर्ने कुरामा जोड दिन्छिन् ।
डाउन सिन्ड्रोम भनेको के हो ?
डाउन सिन्ड्रोम जसलाई ट्राइसोमी २१ पनि भनिन्छ । यो एउटा आनुंवशिक विकार हो । जुन क्रोमोजोम २१ को अतिरिक्त प्रतिलिपिको कारणले हुन्छ । सामान्यतया , हाम्रो शरीरको प्रत्येक कोषमा २३ जोडी क्रोमोजोमहरु हुन्छन् । जब कुनै व्यक्तिलाई डाउन सिन्ड्रोम हुन्छ उनीहरुको शरीरमा २१ को अतिरिक्त प्रतिलिपि हुन्छ । क्रोमोजोमको ठाउँमा अतिरिक्त धेरै प्रतिलिपि हुने गर्छ । जसको परिमाणस्वरुप ४६ क्रोमोजोमको सट्टामा ४७ क्रोमोजोम हुन्छ । डाउन सिन्ट्रोम भएका व्यक्तिहरुमा हल्लका देखि मध्यम स्तरको आईक्यू हुन्छ । जसको कारणले उनीहरु अरु बालबालिकाको तुलनामा ढिलो बोल्ने हुन्छन् ।
यस्ता छन् डाउन सिन्ड्रोमका लक्षणहरु
डाउन सिन्ड्रोम भएका हरेक व्यक्तिहरु फरकफरक हुन सक्छन् । हरेकको बैद्धिक र विकास सम्बन्धि समस्याहरु सबैमा हल्का, मध्यम वा गम्भीर हुन सक्छन् ।
१. समतल अनुहार विशेष गरी नाकको तल्लो भाग
२. आँखाहरु बदाम जस्तै हुन्छन् जो थोरै माथितिर रहेका हुन्छन् ।
३. जिब्रोले प्रायजसो ओठ छुने वा मुखबाट बाहिर निस्कने भइरहन्छ ।
४. छोटो घाँटी र सानो कान
५.हात खुट्टाको आकार पनि सानो हुन्छ ।
६. आँखाको(आइरिस) रङ्गीन भागमा सानो सेतो दाग हुनसक्छ ।
९ . कमजोर मांसपेशी
१०. उचाईमा सानो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया