लमही । एपीएफ र प्रदेश न १ आठौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको फाइनलमा भिड्दै छन् ।
लमही क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पाखा लगाउँदै प्रदेश १ ले फाईनल यात्रा तय गरेको हो भने प्रदेश २ लाई ६७ रनको भारी अन्तरले स्तब्ध पार्दै एपीएफले फाइनलमा प्रदेश १ सगको भेट पक्का गरेको हो ।
फाइनल खेल आज ‘मंगलवार’ दिउँसो २ बजे पछि हुनेछ ।
१ टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरको समाप्तिमा ५ विकेट १ सय ३६ रन बनाएको थियो । जसमा इन्दु बर्माले नटआउट ४१ रनको योगदान दिइन भने ममता चौधरी ३९, सिता राना मगरले २६ रन जोडे । प्रदेश २ बलिङ्ग तर्फ शान्ति चौधरी २ विकेट लिइन ।
प्रदेश दुई २० ओभर पूरा खेल्दै ६९ रनमा अलआउट भएको थियो । अनुराधा चौधरी २२, शोभा आलो १६ रन हानेका थिए १ बलिङ्ग तर्फ शरिता मगर ३, सिताराना मगर र रितु कनोजियाले समान २-२ विकेट लिइन । विमेन अफ द म्याच सीता राना मगर भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया