चेल्सी इंग्लिस प्रिमियर लिगको ‘टप फोर’मा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी लिगको शीर्ष चारमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सोमवार राति सम्पन्न भएको खेलमा चेल्सीले बर्नलीसँग २-२ गोलको बराबरी खेले पनि लिगको शीर्ष चारमा उक्लिएको हो । बराबरीपछि चेल्सीले ३५ खेलबाट ६७ अंक बनाएको छ ।

समान अंक भएपनि गोल अन्तरका आधारमा टोट्नह्याम लिगको तेस्रो स्थानमा छ ।  यता ६६ अंक बनाएको आर्सनल पाँचौ स्थानमा छ ।

शीर्ष चार भित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने चार टोलीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

खेल शुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै बर्नलीका लागि जेफ हेन्डरिकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै १२ औँ मिेनटमा चेल्सीका लागि एन्गोलो कान्टेले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

१४ औँ मिनेटमा चेल्सीका लागि गोन्जालो हिग्युनले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । २४ औँ मिनेटमा बर्नलीका लागि एश्ले बार्नेसले बराबरी गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल २-२ गोलको बराबरीमा सकियो ।

अहिलेसम्मको अंक तालिकामा ८८ अंकका साथ लिभरपुल लिगको शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ८६ अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?