काठमाडौं । रियल मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै एथ्लेटिको मड्रिडले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । अन्ततः ४–२ को जित निकाल्दै एथ्लेटिको मड्रिडले अन्तिम ८ मा स्थान पक्का गर्दा रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
३९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा जान ओबलकले एथ्लेटिको मड्रिडकै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले रियलले खेल बराबरी गरेको थियो ।५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिकोले अग्रता २–१ बनाउन सफल भयो । तर, ८२औं मिनेटमा जोस लुइसले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।
निर्धारित समय २–२ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । जसमा १००औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई ३–२ ले अघि बढाएका थिए भने रोड्रिगोले ११९ औं मिनेटमा गोल गर्दै एथ्लेटिका मड्रिडलाई ४–२को जित दिलायो । यो जितसँगै कोपा डेल रेको अन्तिम ८ मा एथ्लेटिका मड्रिडले स्थान पक्का गरेको छ । कोपाको अन्तिम आठमा एथ्लेटिको मड्रिडसहित, बार्सिलोना, सेभिल्ला, एथ्लेटिक क्ल्ब, मालोर्का, सेल्टाभिगो, रियल सोसिडाड र जिरोना पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया