प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी  ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् । 

प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको हो । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल पुगेका थिए । शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार बनेका छन् । शाहले पनि गुजरातमै मतदान गरेका थिए । 

प्रधानमन्त्रीले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरे । उनले आतङ्कवादीले प्रयोग गर्ने बिस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदान परिचयपत्र बढी शक्तिशाली रहेको पनि बताए । 

गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मङ्गलबार चुनाव हुँदैछ । गुजरातमा ३ सय ७१ जना चुनावी मैदानमा छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?