कलाकार सन्नी देवल ‘भाजपा’मा प्रवेश

एजेन्सी । भारतमा लोकसभा चुनाव जारी रहँदा सन्नी देवलले आज ‘मंगलवार’ औपचारिक रुपमा भारतीय जनता पार्टी ‘भाजपा’मा प्रवेश गरेका छन् । 

दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । 

उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना रहेको छ । भाजपाले पञ्जाब अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन । देवलले गत शुक्रवार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए ।

त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका पनि थिए । शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?