लक्ष्मी सनराइज बैंकद्वारा ‘ई–कमर्स अक्वायरिङ’ सेवा सुचारु

लोकपथ
105
Shares

काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ ।

यो सेवा नेप्स र भिसाको सहायक संस्था, साईबर सोर्स संगको सहकार्यमा विकास गरेको हो । यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन् । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्ने छन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहजरूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने छन् । तसर्थ यो सुविधाले देशको ई–कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर ३२८ एटिएम काउन्टर, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?