बाँके । त्रिभुवन आर्मी क्लब जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको उपाधि नजिक पुगेको छ ।
नेपालगंग रंगशालामा आज ‘मंगलवार’ भएको पहिलो सेमिफाइनलमा आर्मी क्लबले प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समय दुवै टिमबाट समान २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टीमा आर्मीका लागि नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । अब उपाधिका लागि आर्मी नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया