योगेश वैद्य दरबारमा गीत गाउन जाँदा भेटिनुहुन्थ्यो : दीप श्रेष्ठ

लोकपथ
3.9k
Shares

काठमाडौं । बरिष्ठ गायक दीप श्रेष्ठले दिवंगत योगेश वैद्यको गायकी र लगनशीलतालाई उच्च सम्मान रहेको प्रतिक्रिया दिएका छन् ।
वैद्यको निधनप्रति समवेदना व्यक्त गर्दै श्रेष्ठले भने,‘योगेश बैद्यसँग दरबारमा गीत गाउन जाँदा भेट हुने गर्दथ्यो । अन्य कार्यक्रमका मन्चमा पनि धेरै पटक भेट भएको छ । उहाँ एक लगनशील गायक हुनुहुन्छ ।’

गीत संगीतका रुपमा वैद्यसँग नजिक रहेको प्रतिक्रिया जनाउँदै श्रेष्ठले भने,‘केही दिनअघि मात्र उहाँ र म बिचमा संवाद भएको थियो । संगीतका विषयमा विमर्श गरेका थियौं । आज उहाँको निधनको घटनाले मर्माहत बनाएको छ ।’ श्रेष्ठ र वैद्य सुगम संगीतका श्रष्टा हुन् । आधुनिक गीत संगीतमा उनीहरुको विशिष्ट योगदान रहेको स्मरण गरिन्छ ।

०२५ सालमा धरानबाट काठमाडौंमा देखाउन ल्याइएको नाटक शिलान्यासको मञ्चनको बेला गायकका रुपमा देखिएका श्रेष्ठलाई सोही कार्यक्रममा आएका तत्कालीन राजा महेन्द्र शाह उनको गायकीबाट प्रभावित भएर रेडियो नेपालमा गीत गाउने मौका दिएको चर्चा संगीत जगतमा हुनेगर्छ । ७७ बर्षको उमेरमा विहीबार राति वैद्यको निधन भएपछि कलाकार एवम शुभेच्छुकहरुले समवेदना प्रकट गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?