काठमाडौं । धितोपत्र बजारमा आज ‘मंगलवार’ शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ७४ विन्दुले बढेर एक हजार २ सय ६० विन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ९ विन्दुले बढेर २७२ दशमदब २७ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार कूल १ सय ७६ कम्पनीको १८ लाख एक हजार ५ सय २२ कित्ता शेयर ६१ करोड ४१ लाख ४७ हजार ४ सय ११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
बैंकिङ ६ दशमलब ६६, विकास बैंक ० दशमलब ५७, वित्त १ दशमलब ४५, निर्जीवन बीमा १६ दशमदब ४१, उत्पादन ४६ दशमलब ०८ विन्दुले बढेको छ । त्यस्तै व्यापार २ दशमदब ७९, होटल १७ दशमदब ३७, जलविद्युत् ४ दशमदब ११, अन्य २ दशमदब १३, लघुवित्त ४ दशमदब ९५ र जीवन बीमा २२ दशमदब २२ विन्दुले घटेको छ ।
स्टकका अनुसार आज ‘मंगलवार’ छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी मूल्यमा शेयर कारोवार भएको छ । प्रतिकित्ता र एक हजार २१ मा चार करोड ९६ लाख ६६ हजार ५ सय ४५ बराबरको कारोवार भयो ।
नेपाल बैंक लिमिटेडको चार करोड २१ लाख ९६ हजार २ सय ६३, एनएमबी बैंकको दुई करोड ९० लाख ६० हजार २ सय ६६, एनआइसिएशिया बैंकको दुई करोड ७९ लाख १३ हजार २ सय ८०, छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयर दुई करोड ५३ लाख ८० हजार, नबिल बैंकको संस्थापक शेयर एक करोड ९८ लाख ७३ हजार १ सय ७२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज ९ दशलब ८९ प्रतिशतले कमाए । त्यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ७ दशलब १४, राधी विद्युत् कम्पनी ६ दशमलब ५८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलब ९१, यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४ दशमलब ०४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै घलेम्दी हाइड्रो पावर कम्पनीका शेयरधनीले ४ दशलब ७९ प्रतिशतले गुमाउँदा अरुण कावेली पावर कम्पनी ४ दशमलब ६७, भागर्व विकास बैंक ४ दशमलब ०९, सिनर्जी पावर डेभलपमेन्ट ३ दशमलब ८८, एनआइबिएल प्रगति फण्डका शेयरधनीले ३ दशमलब ७३ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया