काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से घट्ने र बढ्ने क्रम बराबर देखिए पनि कारोबार रकमले भने नयाँ रेर्कड कायम गरेको छ । नियमित कारोबारको लागि सातामा चार कार्य दिन मात्र खुल्ला रहेको नेप्से दुई कार्य दिन लगातार उच्च अंकले बढेको थियो भने दुई कार्य दिन घटेको थियो । यसबिचमा दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । सातामा चार कार्य दिन मात्र खुल्ला रहेको नेप्से दुई कार्य दिन उच्च अंकले बढेकाकारण यो साता नेप्सेले २१ सय ५५ दशमलव ८२ अंकको नयाँ उचाई कायम गरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्सले पनि तीन सय ९३ दशमलव ६२ अंकको नयाँ उचाई कायम गरेको छ ।
धितोपत्र बजारमा यो साता तीन सय १४ वटा कम्पनीहरुको सात लाख ४२ हजार ८१ पटक सेयर किनबेच भएको छ । जसबाट नौं करोड ४६ लाख २६ हजार सात सय ६५ कित्ता शेयर खरिद–बिक्री हुुँदा सातामा ३१ अर्ब ४१ करोड ८२ लाख ४० हजार तीन सय ६४ रुपैंयाँ २७ पैसाको सेयर किनबेच हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै छ अर्ब रुपैंयाँले बढी हो । गत साता धितोपत्र बजारमा २५ अर्ब ४७ करोड ७५ लाख ६३ हजार दुई सय १९ रुपैंयाँ ४५ पैसाको सेयर किनबेच भएको थियो । उक्त साता तीन सय नौं वटा कम्पनीहरुको चार लाख ७४ हजार सात सय ६६ पटकको कारोबारमा आठ करोड २५ लाख ३७ हजार नौं सय ५१ कित्ता शेयर खरिद–बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको हो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन बढेको नेप्से चौथौं र पाँचौं दिन घटेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । यो साता पहिलो दिन ३१ दशमलव ६२ अंकले बढेर २१ सय २० दशमलव ६२ अंकमा पुग्न सफल भएको नेप्से तेस्रो दिन ५४ दशमलव ५४ अंकले बढेर २१ सय ७५ दशमलव १७ बिन्दुको उचाईमा पुगेको थियो । चौंथो दिन १२ दशमलव १० अंकले घटेर २१ सय ६३ दशमलव छ अंकमा खुम्चिएको नेप्से पाँचौं दिन पुन सात दशमलव २४ अंकले घटेर २१ सय ५५ दशमलव ८२ अंकमा सिमित हुन पुगेको थियो ।
यसैगरी पहिलो दिन चार दशमलव शुन्य दुई अंकले बढेर तीन सय ८८ दशमलव १७ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन पनि नौं दशमलव २६ अंकले बढेर तीन सय ९७ दशमलव ४३ बिन्दुमा कायम रहन सफल भएको थियो । चौथौं दिन एक दशमलव ११ अंकले घटेर तीन सय ९६ दशमलव ३१ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन दुई दशमलव ६८ अंकले घटेर तीन सय ९३ दशमलव ६२ अंकमा सिमित हुन पुगेको थियो ।
यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोबार भयो भने शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भयो । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया