‘लो लाइट फोटोग्राफी’मा नयाँ आयाम थप्दै ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक

काठमाडौं । ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक वृहत समारोहको आयोजना गर्दै ओपो एफ११ प्रो सार्वजनिक गरेको हो ।

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् ।

एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध गरिएको छ । ‘ओप्पो एफ११’ को बजार मूल्य ३७ हजार ९ सय ९० रहेको छ भने ‘ओप्पो मार्बेल्स’को बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?