नेपाल बैंकले छ महिनामा कमायो ५९ करोड रुपैयाँ खुद मुनाफा

लोकपथ
252
Shares

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ५९ करोड ५१ हजार सात सय ९९ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै १० करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १७ करोड छ लाख ५५ हजार चार सय २५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २८ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा दुई खर्ब ५८ अर्ब १८ करोड २९ लाख ४३ हजार एक सय ५० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८१ अर्ब ५५ करोड ९५ लाख ७८ हजार ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ६३ करोड ४० लाख ६६ हजार दुई सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ९० लाख ७७ हजार ५५ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ४४ अर्ब ५१ करोड ३९ लाख ९९ हजार सात सय तीन रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब ५५ करोड ६५ लाख ६९ हजार १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८४ करोड ८८ लाख ७४ हजार चार सय ६१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा २९ करोड ७२ लाख १४ हजार दुई सय ४६ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?