मुगु । जिल्लाको उत्तरपुर्वी भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकमा रहेका स्थानीय मुगल, लामा तथा तामाङ्ग, कमारोङ्गलगायतका जनजाति समुदायले पुर्खा देखी मनाउँदै आएको सोनाम लोसार एक हप्तासम्म विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । उनीहरुले सोनाम लोसारलाई चाडको रुपमा भव्यसँग मौलिक रुपले मनाउँने गर्दछन् ।
मुगुमकार्मारोङ्ग गाउँपालिकामा रहेको ९ वटा वडामध्ये ८ वडामा जनजाति समुदाय बसोबास गर्दछन् । उनीहरुले सोनाम लोसार विविध कार्यक्रम आयोजना गरी एक हप्तासम्म मनाएका छन् । आज लोसारको अन्तिम दिन हो ।
वडा नम्बर १ देखी ८ सम्म जनजाती तथा बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेको छ । एक हप्तासम्म लोसारलाई मिठो खाने,धनुषबाण लगायत विविध खेलहरु खेल्ने,रमाइलो गर्ने,आफन्त र मान्यजनसँग भेटघाट र आर्शिवाद लिने, गुम्वामा पूजापाठ गर्ने जस्ता विविध कार्य गरी मनाएको मुगुमकार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याम्ने लामाले जानकारी दिए ।
सो क्रममा प्रत्येक वडामा धनुष खेल्ने तथा स्थानीय लामा देउडा गाउँने, पुराना बाजा बजाई मौलिक पहिरनमा सजिएर नाचगान गर्ने लगायतका विविध मनोरञ्जनात्मक र सास्कृतीक कार्यक्रमको आयोजना गरीएको हो ।
उनीहरुले यो चाडलाई प्रकृतिसँग जोडेर मनाउँदै आएका छन् । अषाढमा लगाएको खेतीलाई मंसिमा भित्र्याएर पुषमा नयाँ अन्नबाट परिकार बनाई खाने,आफू र आफ्नासँग समय व्यतित गर्ने महिनाको रुपमा पुष महिनालाई महत्व दिँदै आएको स्थानीय बताउँछन् ।
कार्मारोङ गाउँपालिकाकामा बसोबास गर्ने दोल्फु,चिताई,पुअ,ताखा,खारी, कार्ती, किर्मी,माग्री,मह,रिउस,दाउरालगाएत सदरमुकाम गमगढी बस्ने लामा,मुगल, तामाङ जस्ता जनजाती समुदायमा सोनाम लोसार हर्षउल्लासका साथ मनाउने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया