सूर्य नेपाल गोकर्ण पदकको नवौं संस्करण सिम्खडालाई

लोकपथ
84
Shares

काठमाडौं । गोकर्ण गल्फ क्लब अन्तर्गत सूर्य नेपाल गोकर्ण मासिक पदकको नवौं संस्करण माधव सिम्खडाले संस्करण जितेका छन् ।

सिम्खडाले दुई अन्डर ७० नेट कार्ड बनाएर उपाधि जितेका हुन् । प्रतियोगितामा बाबु शेर्पा ७२ अंकका साथ उपविजेता बने ।

रवीन्द्र तिवारी र डा. समीर अर्याल एक ओभर ७३ रनका साथ बराबरी भए भने काउन्ट ब्याकमा तिवारी ब्याक नाइनका साथ सेकेण्ड रनरअप भए ।

सूर्य नेपाल प्रालिले प्रायोजन गरेको प्रतियोगितामा ४४ गल्फ खेलाडीको सहभागिता थियो । लि. पूर्ण ह्यान्ड्यापको साथ स्ट्रोक प्ले ढाँचाअन्तर्गत खेलिएको थियो । प्रतियोगिताका विजेताहरुलाई गोकर्ण गल्फ क्लबका कार्यकारी समिति सदस्य टेन्डी शेपाले पुरस्कार वितरण गरेका थिए ।

नवौं संस्करणपछि बाबु शेर्पा २९५ अंकका साथ लिडरबोर्डको शीर्ष स्थानमा फर्किएका छन् भने पवन विष्टले यस संस्करणमा कुनै पनि अंक जोड्न नसकेर अग्रता गुमाएका छन् ।

विष्टले कुल २८० अंक पाएका छन् । टाशी डोङले १७५ अंक जोडेर तेस्रो स्थान कायम राखेका छन् ।

सिम्खडा १६० अंक जोडेर चौथो स्थानमा उक्लिएका छन् । श्याम तामाङ १५५ अंकका साथ पाँचौं र नोर्बु छिरिङ शेर्पा १५० अंकका साथ छैटौं, अश्मांक कार्की १३० अंकका साथ सातौं, उमेशजंग थापा र निर्मल दाहाल ११५ अंकका साथ आठौं र सुमोद बस्ताकोटी १०५ अंकका साथ दशौं स्थानमा छन् ।

ग्रस खण्डमा वाङ्चेन धोन्डुप ४०० अंकका साथ शीर्ष स्थानमा, तासी डोङ ३८५ अंकका साथ दोस्रो, विजय श्रेष्ठ ३७० अंकका साथ तेस्रो, नोर्बु छिरिङ शेर्पा ३६५ अंकका साथ चौथो र ताशी छिरिङ ३४० अंकका साथ पाँचौं स्थानमा छन् ।

नेट र ग्रस विधाका लागि वार्षिक क्लब च्याम्पियनसिपको उपाधिका लागि नेटबाट शीर्ष ४० र सकल विधाबाट शीर्ष १० ले अन्तिम दुई राउन्ड अघि थप एउटा पदक राउन्ड खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?