उपचार खर्च सरकारलाई नै फिर्ता गर्ने सांसद शाहको घोषणा

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उपचारबापत सरकारले उपलब्ध गराएको रकम फिर्ता गरेका छन् ।

बिरामी भइ सदनमा अनुपस्थित हुनेले प्रमाणस्वरुप जाँचेको रिपोर्ट सदनमा पेश गरेपछि सरकारले मापदण्ड अनुसार रकम भुक्तानी गर्दै आइरहेको छ ।

सांसद शाहले आफूले पनि त्यो प्रक्रिया पूरा गरेको तर आफ्नो खातामा बिल भरपाई भएको रकम आएमा आफूले त्यसलाई सरकारकै खातामा जम्मा गरिदिने जानकारी गराएका हुन् ।

‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप जाचेको रिपोर्ट बिल बुझाउन पर्ने प्रक्रियागत कुरा हो, त्यो प्रक्रिया ईमानदारीपूर्वक पुरा गरेको हु। भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद। भोली bank statement चेक गर्छु र रू ४९४२/- जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु। संसदमा नयाँ हुनुका दुख पनि अनेक छन् है। कुरो यत्ति हो। प्रश्नका लागि धन्यवाद। ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?