भैरहवा । जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोमा बिभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको छ ।
नेपाल पुलिसले ११ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित कुल १७ पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
त्यसै गरी ६ स्वर्ण ४ रजत र ७ कास्य पदकसहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्रो स्थानमा आएको छ । उता अर्को बिभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ कास्यसहित १४ पदक जित्न सफल भयो । २१ स्वर्ण पदक मध्ये १९ वटा स्वर्ण बिभागिय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमले नै जितेका छन् ।
स्वर्णका बाकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ कास्यसहित ५ पदक जिति पाचौ स्थानमा रहे ।
त्यस्तै प्रदेश २ले १ रजत र ४ कास्य, प्रदेश ३ ले १ रजत ६ कास्य, सुदुर पश्चिमले १ रजत ३ कास्य र गण्डकी प्रदेशले ४ कास्य पदक जित्न सफल भए ।
प्रतियोगितामा बेष्ट फाईटर पुरुषतर्फको पुरस्कार नेपाली आर्मीका सक्षम कार्की बेष्ट फाईटर(महिला)तर्फ पुलिसका रेजिना कार्की घोषित भई पुरस्कृत भए भने बेष्ट प्रशिक्षकको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए ।
मंगलवार सम्पन्न समापन अघि भएका बिभिन्न ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते । त्यसै गरी महिलाको ४६ केजि मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्किले स्वर्ण जित्दा सुदुर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन् ।
पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५ का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते ।
महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे । पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते ।
महिला ७३ केजि तौल माथि प्रहरीकी मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुङले रजत जितिन । प्रतियोगितामा पुम्से र स्पाईरिंग बिधामा गरी २ सय ४२ खेलाडी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया