काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको गिरावट आएको छ ।
आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा झरेर बन्द भएको छ । वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले नाफा घटेको देखाएपछि त्यसको असर सेयर बजारमा परेको बुझिएको छ । कारोबारको यस दिन ६४ कम्पनीको सेयर बढेकोमा एक सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, अपी पावर, नेपाल रिइन्स्योरेन्स र सोनापुर मिनरल्स अगाडि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया