उसुमा आर्मीले जित्यो १४ स्वर्ण, कराँतेमा पुलिस क्लब टिम च्याम्पियन

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत १४ औँ राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण पदक जितेको छ । 

आर्मीले थप १ रजत र ३ कास्य पदक पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कास्य पदक हात पा-यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त ग-यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल ग-यो ।

उसुको अन्तिम मंगलवार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु/छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन् । कविताले १८ दशमलब ०५ अंक जोडिन् ।

सुदुरपश्चिम प्रदेशकी अलिसा खाती दोश्रो तथा आर्मीकी मुना शिरिष मगर तेश्रो भए । पुरुष ताव सु/कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते । उनले १८ दशमलब ९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोश्रो तथा प्रदेश ५ का राजिव तामाङ तेश्रो भए ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदुर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा पुलिसकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पुजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण जिते ।

 
त्यस्तै राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ । दाङ तुलसीपुरस्थित कर्भडहलमा सञ्चालित प्रतियोगितामा पुलिसले सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । 

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नेपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश  २  स्वर्ण १ रजत र १ कास्य पदकका साथ तेस्रो स्थान हासिल ग-यो ।

कराँतेको अन्तिम दिन पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे । त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कास्य पदक हात पारे ।

प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?