बार्सिलोना उपाधि नजिक

एजेन्सी । बार्सिलोना जारी स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले अल्भेसलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको ५४ औँ मिनेटमा कार्लेस एलिनाले गोल गरेर खाता खोलेका थिए ।

त्यस्तै खेलको ६० औँ मिनेटमा लुईस स्वारेजले गोल गरेर बार्सिलोनालाई जित दिलाए ।

पहिलो हाफ खेल गोल रहित बराबरीमा सकिएको थियो ।  ६० औँ मिनेटमा पेनाल्टीमा स्वारेजले गोल गर्दै बार्सिलोनाले जित सुनिश्चित गरे । 

आज ‘बुधवार’ हुने खेलमा एथ्लेटिको म्याड्रिडसँग जित हात पारे बार्सिलोना लिग च्याम्पियन हुने निश्चित छ । बार्सिलोना एथ्लेटिको म्याड्रिड भन्दा १२ अंकले माथि छ । लिगमा मात्र पाँच चरणको खेल हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?