लमही । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधि शसस्त्र प्रहरी ‘एपीएफ’ क्लबले जितेको छ ।
उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो। फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो ।
टस जितेर पहिले ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै गुमाउँदै १ सय २८ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ४५ रन तथा सिताराना मगरले ४२ रनको योगदान दिइन् ।
यता बलिङतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३-३ विकेट लिइन् । १ सय २९ रनको बिजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको प्रदेश एक १९ दशमलव ४ ओभरमा मात्र ४१ रनमासमेटिएको थियो ।
प्रदेश एकका लागि रश्मि शर्मा चौलागाइ अविजित हुँदै २७ रन जोडिन । बलिङमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विकेट लिइन । प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन ।
सो अबसरमा वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया