रियल बेटिसविरुद्ध बार्सिलोना ४–२ ले विजयी

लोकपथ
112
Shares

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा जाओ फ्लेक्सले १ गोल थपेका थिए । रियल बेटिसका लागि इस्कोले २ गोल गरे । २१औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २–० ले अगाडि बढेको थियो ।

५६औं र ५९औं मिनेटमा लगातार इस्कोले २ गोल गरेपछि खेल बराबरीमा आएको थियो । तर, ९०औं मिनेटमा फ्लेक्सले गोल गर्दै बार्सिलोनलाई ३–२ ले अगाडि बढाए । लगत्तै अतिरिक्त समयमा टोरेसले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–२ को सहज जित निकाल्न भने सफल भयो ।
बार्सिलोना जारी सिजन ४४ अंकका साथ तालिको तेस्रो स्थानमा छ भने रियल बेटिस नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?