एसीसी यू-१६ क्रिकेट : नेपालद्वारा मलेसियासामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट अन्तर्गत नेपालले मलेसियासामु १ सय ४२ रनको चुनौती प्रस्तुत गरेको छ । 

थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४१ रनको योगफल तयार पारेको हो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रन, विशाल बिक्रम केसीले २८ रन, दिपक बोहोरा र अर्जुन कुमालले समान १६-१६ रन जोडे । 

मलेसियाका लागि सिद्धार्थ कार्तिकले सर्वाधिक ४ विकेट लिए ।  लुकम्यान नुर हाकिम सहरले २ विकेट हात पारे । यसअघि भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गर्दै खेलमा शुखद शुरुवात गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?