एपीएफले जित्यो महिला भलिबलको उपाधि

बाँके । एपीएफ क्लबले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको स्वर्ण पदक जितेको छ । 

बाँकेको खजुरामा आज ‘बुधवार’ बिहान भएको फाइनल खेलमा एपएिफले प्रदेश ३ लाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । एपीएफले प्रदेश ३ लाई सोझो सेटमा पराजित गरेको हो । 

एपीएफले पहिलो सेट २५–११,  दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । बुधवार नै तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?