पुलिस क्लबले जित्यो पुरुष भलिबलको उपाधि

बाँके । नेपाल पुलिस क्लबले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको उपाधि जितेको छ । 

बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा बुधवार भएको फाइनल खेलमा पुलिस क्लबले आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

पुलिस क्लबले खेलको पहिलो सेट २५-१८, तेस्रो सेट २५-२० र चौथो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेट भने पुलिस क्लबले २३-२५ ले गुमाएको थियो ।

त्यस्तै बुधवार नै भएको तेस्रो स्थानको खेलमा शसस्त्र प्रहरीको एपीएफले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हरायो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?