काठमाडौं । प्रहरीले काठमाडौंबाट एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टाचार्य रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
भट्टाचार्य बसुन्धारामा धवलागिरि हिमाल पोलिक्लिनिक सञ्चालन गरेर बसेका थिए । उनले टिचिङ अस्पतालमासमेत काम गरेको भन्दै काठमाडौंका विभिन्न क्लिनिकमा उपचार गर्ने गरेको बताइएको छ ।
उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया