काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको बुधवार बसेको बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आगामी २०७७ साल फागुन २० देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
पूवाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको समयमा गरेको निर्णय अनुसार नवौँ खेलकुद गण्डकी प्रदेशमा गर्ने सहमती भएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नवौँ खेलकुद आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशलाई दिन लागेको जानकार दिएका छन् ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत विशवकर्माले पनि यसअघि नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने बताइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया