काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । १०२ वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा मंगलबार बिहान ४ बजे निधन भएको हो ।
उनी स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी हुन् भने संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोखरेलकी आमा हुन् ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गोबद्र्धन सँगसँगै खटिएकी उनको नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण योगदान छ । वि.सं. २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी उनी २०१८ सालको जनक्रान्तिमा स्वर्गीय गोबद्र्धन पोखरेलको पञ्चातले सर्वस्वहरण गर्दा साथै गिरफ्तार भएकी थिइन् । उनीहरुलाई पैदलै हिडाएर पोखरा हिरासत पु¥याइएको थियो ।
गोबद्र्धनको निधन भएपछि द्रौपदा गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष तथा संरक्षक समेत रहेकी थिइन् । उनको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया