हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायती सेनाको आक्रमण

लोकपथ
126
Shares

काठमाडौं । अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोहीविरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् । अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ ।

अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्थानमा आक्रमण गरेको छ ।

पेन्टागनका अनुसार अमेरिकी र बेलायती सेनाले भूमिगत भण्डारण साइटहरू र हुथीहरूको मिसाइल र निगरानी क्षमताहरू नष्ट गरेका छन् । हुथी विद्रोही इजरायलले गाजामा आक्रमण गरेपछि प्यालेस्टिनीको पक्षमा देखिएको छ ।

एक वरिष्ठ अमेरिकी सैन्य अधिकारीले करिब २५ देखि ३० पटक बम प्रहार गरिएको बताए । अमेरिकी अधिकारीहरूले यी आक्रमणहरूले हुथी विद्रोहीहरूको आक्रमण गर्ने क्षमतालाई कम गरेको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?