सिटीको शानदार जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा बुधवार राति भएको खेलमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाईटेडलाई २–० को फराकिलो गोल अन्तरले हराएको छ ।

जितसँगै सिटीले तालिकाको शीर्ष स्थानमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा ५४ औँ मिनेटमा बर्नार्डो शिल्भाले गोल गरेर खाता खोलेका थिए ।  

त्यस्तै खेलको ६६ औँ मिनेटमा लिरो सानेले गोल गर्दै सिटीको जित सुनिश्चित पारेका थिए ।

जितसँगै सिटीले ८९ अंक सहित तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ । छैँटौं स्थानमा रहेको युनाईटेडको ६४ अंक रहेको छ ।

पछिल्लो हारले च्याम्पियन्स लिगमा छनोट हुने युनाईटेडको लक्ष्यमा गम्भिर धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?