यू-१६ क्रिकेट : नेपालद्वारा थाइल्याण्डसामु २ सय ३५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एशियाली क्रिकेट काउन्सिल ‘एसीसी’ यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट अन्तर्गत नेपालले थाइल्याण्डसामु २ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

चियाङमाइमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर ३५ ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान शुसान्त थापा शुन्य रनमा आउट भए ।

त्यस्तै विकाश बोहोरा र आइसको जोडीले ५५ रनको साझेदारी गरेका थिए । ओपनर दिपक २५ रनमा पेभेलियनमा फर्किए ।  ८० रनमा तीन विकेट गुमाएको नेपालका लागि विशाल विक्रम केसी र आशिष भट्टराईको जोडीले ७३ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

विशालले ३८ रन तथा आशिषले ५८ रनको योगदान दिए । कृष्ण कार्कीले ११ रन, निखिल कुमार सिंहले २२ रन तथा विशालकुमार पटेलले २८ रन जोडे ।

जारी प्रतियोगितामा अपराजित रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?