काठमाडौं । धनगढीमा एक व्यक्तिले घरको पाँचौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।
बुधबार बिहान ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित आफ्नै घरको ५औँ तलाबाट हामफालेर व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।
उनी हामफालेर घाइते भएका थिए । उपचारका लागि नवजिवन अस्पताल धनगढीमा पुर्याइएको थियो । उपचारको क्रममा दिउँसो १२ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले लोकपथलाई जानकारी दिए ।
उनी घरको ५औँ तलाबाट हामफाल्न खोज्दा स्थानीयले तलबाट त्यसो नगर्न आग्रह गर्दै आइरहेका थिए । तर उनले कौसीबाट रेलिङमा समातेर तल्लो तलामा झरेपछि हात रेलिङबाट छाडेका थिए ।
सो क्रममा केही स्थानीयले भिडियो समेत खिचेका थिए ।
उनी श्रींगारका सामग्रीको व्यवसायमा आवद्ध रहेका थिए । उनको श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया