काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका केन्द्रीय सदस्य नारायण पाण्डेले माघ १३, १४ र १५ मा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युगसापेक्ष नीति तथा कार्यक्रममार्फत् विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘संविधानले वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी वृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने, नीतिगत व्यवस्था गरेको छ । त्यसलाई अनुसरण गर्दै विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने ध्येयका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहले ३.५ लाख, दोस्रो हुने समूहले १.५ लाख र अन्य श्रेणीमा विजयी हुने एक समूहले १ लाख गरी समग्र प्रतियोगितामा ६ लाख रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया