काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपीका पादुकोणको फिल्म ’फाइटर’ हलमा रिलिज हुने तयारीमा रहेको छ । रिलिजका लागि तयारी अवस्थामा रहेको फिल्म फाइटरलाई विभिन्न खाडी मुलुकहरुले प्रतिबन्ध लगाउने समाचारहरु बाहिरिएका छन् ।
पाँचओटा ठूला खाडी देशले फिल्मलाई प्रतिबन्ध लगाउने खबर भारतीय सञ्चार माध्यमहरुले सार्वजनीक गरेका छन् ।
खाडी देशले उक्त फिल्मलाई किन प्रतिबन्ध लगाए भन्ने आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन् । तर रिलिज अगावै प्रतिबन्धको खबरले भने पक्कै फिल्मको कमाईमा असर पर्ने देखिन्छ ।
फिल्म फाइटरलाई सिद्दार्थ आनन्दले निर्माण गरेका हुन् । आनन्द उनै निर्माता हुन् जसले केही समय अगाडी मात्रै सुपरहिट फिल्म ’पठान’ बनाएका थिए ।
फिल्मको कुरा गर्दा फिल्ममा मुख्य नायकको भूमिकामा ऋतिक रोशन रहेका छन् भने नायीकाको रुपमा दिपीका पादुकोण रहेकी छिन् ।
भारतीय फिल्म बिजनेस विज्ञ गिरीश जोहरले आफ्नो सामाजिक सञ्जालमा लेख्दै सो कुराको जानकारी गराएका हुन् । उनले भनेका छन् ऋतिकको फिल्मलाई खाडीका पाँच ठूला देशले प्रतिबन्ध लगाएको छ । तर यूएईले भने उक्त फिल्ममा कुनै आपत्ती नजनाएको पनि उनले प्रस्ट्याएका छन् ।
विज्ञ जोहरले एक्समा पोस्ट गर्दै लेखेका छन् ‘सामाजिक सञ्जाल खाडीको अपरेसन काउन्सिलमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स संलग्न छन् । जसमध्ये युएई बाहेक अन्य सबै देशले फाइटरलाई प्रतिबन्ध लगाएका छन् ।’
फिल्म ‘फाइटर’ वायुसेनाका लडाकु पाइलटहरूको कथा हो, जो पाकिस्तानमा प्रवेश गरेर आतंकवादी अड्डामा ध्वस्त पार्ने अभियानमा आधारित रहेको छ । यो फिल्मको कथा बालाकोट एयरस्ट्राइकमा आधारित रहेको छ । फिल्ममा ऋतिक र दीपिकासँगै अनिल कपुर, करण सिंह ग्रोवर, सञ्जीदा शेख र अक्षय ओबरोयको पनि अभिनय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया