मनोजकुमार भेटवाल जसले खुल्लामञ्च बिक्री गरे !

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको खुल्लामञ्चलाई जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको छ । 

पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले सार्वजनिक जग्गा ४० वटा सटर निर्माण गरिसकेको छ । 

। खुल्लामञ्चमा निर्मााण गरिएको एउटै सटर ११ लाख रुपैयाँ सलामी लिएर बिक्री भइरहेको छ । 

खुल्लामञ्चबाट मासिक १५ लाख भाडा संकलन हुँदै आएको बिल्डर्सले जनाएको छ । सोसँगै वार्षिक एक करोड ८१ लाख ५० हजार भाडा बिल्डर्सले उठाउँदै आएको छ । 

काठमाडौं महानगरपालिकाका एक अधिकारीका अनुसार बिल्डर्सले एक करोडभन्दा बढी भाडा उठाउने गरे पछि कर नबुझाएको बताउँछन् । 

भेटवालको व्यक्तिगत स्वार्थका लागि २२ वैशाख ०७३ मा पुरानो बसपार्क खुलामञ्चमा सारेको थियो ।

यसकै विरोधमा बिहीवार राजधानीमा स्थानीय सर्वसधारण र सम्पदा संरक्षणका अभियान्ताहरुले  विरोध प्रदर्शन गरेका छन् । 

काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुल्लामञ्च अतिक्रमण गरेको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले खुल्लामञ्चमा नै उपस्थित भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । 

साथै उनीहरुले ‘खुल्लामञ्चलाई खुला राखौँ’अभियान समेत शुरु गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?