खुल्लामञ्च बिक्रीमा ! अतिक्रमणविरुद्ध स्थानिय आन्दोलित

काठमाडौं । खुल्लामञ्चको अतिक्रमण रोक्न खुलामञ्च बचाउ अधिकार अभियानका अभियन्ता सडकमा निस्केका छन् ।

काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएको आशंका गर्दे उनीहरु सडकमा निस्केका हुन् ।

बिहीवार खुलामञ्चमा नै उपस्थित भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गर्दै उनीहरुले महानगरपालिकालाई विभिन्न समयमा जानकारी गराइरहेको भएतापनि महानगरपालिकाले वेवास्ता गरेको  कारण अब डोजर चलाएर अतिक्रमीत क्षेत्र संरक्षण नगरेसम्म पछि नहट्ने भन्दै आन्दोलित भएका हुन् ।

‘खुला मञ्चलाई खुला राखौं’  भन्दै  उनीहरुले भुकम्पको समयमा खुला ठाउँको अभाव बारे जानकारी मात्रै गराइनन् महानगरपालिकाका उपमेयरसामू आक्रोश पोखेका छन् । 

आन्दोलनमा  नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराई लगायतका स्थानीय अगुवा,  खुल्लामञ्च बचाउ अभियानका अभियन्ताहरु थिए ।  पुरानो बसपार्कमा व्यापारिक टावर बनाउन दिएर महानगरपालिकाले खुलामञ्चलाई बसपार्क बनाउन ठेकेदारको जिम्मामा छाडेको र ठेकेदारले चर्को मुल्यमा बसपार्कभित्रै सटर राखेको कारण विरोध गर्नुपरेको आन्दोलित स्थानीय बताउँछन् ।

ठेकेदार कम्पनीले खुलामञ्चमा अहिले ४० वटा नयाँ ब्यापारिक सटर हालेको छ । चर्को मुल्य तिरेर ठेकेदारसँग सटर तिर किनेकोले  सटर नछाड्ने व्यापारी बताउँछन् । अभियन्ता भने डोजर चलाउनुपर्ने पक्षमा छन् । 

अभियानका संयोजक सुसन वैद्यले हस्ताक्षेर गरेको विज्ञप्तीमा अतिक्रमण कार्य यतासिघ्र रोक्न माग गरिएको छ ।

सम्बन्धीत भिडियो :-

  1. खुल्लामञ्चमा सेटिङमा ठडिए सटर, टावर बनाउनुपर्ने ठेकेदार नै सटरवाला !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?